आजको मौसम: देशभर बदली, केही ठाउँमा भारी वर्षा
मनसुन अझै सक्रिय रहेकाले शनिबार देशका विभिन्न भू–भागमा मौसम बदली रहने तथा केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भू–भागमा मौसममा आंशिकदेखि सामान्य बदली रहनेछ। मनसुनको प्रभावका कारण पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा वर्षा हुन सक्ने विभागले जनाएको छ। […]