आज शुक्रबार नेप्से परिसूचक करिब २८ अंक अर्थात २७.९४ले बढेर २५५९.४९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन हिजो बिहीबार नेप्से १३.८५ अंकले घटेर २५३१.५५ बिन्दुमा ओर्लिएको थियो।
नेप्सेसँगै क वर्गका कम्पनीको उपसुचक सेन्सेटिभ इण्डेक्स ३.९८ अंक, फ्लोट इण्डेक्स १.८८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४३ अंकले बढेको छ।
यो साता पहिलो कारोबार दिन सोमबार शेयर बजारमा सामान्य वृद्धि देखिएको थियो। सोमबार बजार १८ अंकले बढेको थियो।
लगातारजसो ओरालो लागिरहेको बजार दोस्रो कारोबारमा बुधबार भने पुन १५.४३ अंकले ओरालो लागेको थियो।
परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। हिजो बिहीबार ४ अर्ब ९ लाख ७१ हजार बराबरको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम बढेर ४ अर्ब ३६ करोड १ लाख ५९ हजार रुपैयाँ पुगेको छ।
कुल ३४५ स्टकको ४९ हजार ६ पटकको कारोबारमा १ करोड २० लाख ८९ हजार ७ सय ९ कित्ता शेयर खरिदबिक्री भएका छन्। उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक १०.५३ प्रतिशतले बढेको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। जलविध्युत उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत बढेको स्टक एक्सचेञ्जले जनाएको छ ।
