‘लुतो फाल्ने’ भनेको रोग–व्याधिबाट मुक्ति र नकारात्मक कुरालाई हटाउनु हो
हिन्दु धर्मावलम्वीहरुले साउने संक्रान्ति पर्व मनाइरहेका छन् । यस दिन सूर्य कर्कट राशिमा प्रवेश गर्ने दिन भएकाले कर्कट संक्रान्ति पनि भनिन्छ । साउने संक्रान्तिसँगै नेपालीहरूको अधिकांश चाडपर्व शुरु हुने भएकाले पनि यसको विशेष महत्त्व छ । यससँगै गाउँघरमा साँझपख सो दिन लुतो फ्याँक्ने प्रचलन पनि रहिआएको छ । अमिला फल, कुरिलो, कुकुर डाइनो, भलायोलगायतका वनस्पति […]