नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायी मञ्जु लामामाथि अभद्र व्यवहार गर्दै निन्दनीय रूपमा हिरासतमा थुनाइएको दाबी गर्दै उनलाई तत्काल रिहाइ गर्न माग गरेको छ ।
महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै महिला एकर्माण व्यवसायी लामालाई तत्काल रिहाइ गर्न माग गरेको हो । महासंघले निर्माण उद्योगमा संलग्न व्यवसायीको सुरक्षाका विषयमा सरोकारवाला निकाय गम्भीर नभएको दाबीसमेत गरेको छ ।
मकवानपुर जिल्लाको सहरी विकास तथा भवन कार्यालय र दोलखा काली भुमे कन्स्ट्रक्सन दाड सप्लायर्स प्रालिबिच ठेक्का सम्झौता भई कार्य भइरहँदा महिला निर्माण व्यवसायी लामामाथि अभद्र व्यवहार भएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
हेटौँडा उपमहानगरपालिका वडा नं ४ का अध्यक्ष नवीन सिग्देलले १९ असारमा लामामाथि अभद्र व्यवहार गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा थुनाउने कार्य गरेको घटनाको भत्र्सना गर्दै महासंघले त्यसप्रति खेद व्यक्त गरेको छ ।
