सोपान फर्मास्युटिकल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले भदौ १५ गते ललितपुरको इमाडोल स्थित आगन पार्टी भेन्युमा आर्थिक २०८१/८२ को साधारणसभा आह्वान गरेको हो।
कम्पनीको सभामा आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने , लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा सोही मितिमा समाप्त भएको आर्थिक वर्ष २०८१/८२ को नाफा नोक्सान विवरण, नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु उपर छलफल गरि पारित गर्ने प्रस्ताव पेश हुने छन् । त्यस्तै आ.व. २०८२/०८३ को बाहय लेखापरिक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ ।
विशेषमा आईपीओ निष्काशन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, नियामक निकायबाट थप निर्देशन भएमा सोहि अनुसार गर्ने अख्तियारी संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ ।
