साताको पाँचौ तथा अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज शुक्रबार नेप्से परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० बिन्दुमा पुगेको छ।
यो साता बजारमा मिश्रित कारोबार देखिएको छ। साताको पहिलो कारोबार सोमबार २०.४८ अंकले घटेको शेयर बजार मंगलबार ११.९६ अंकले बढेको थियो। त्यसैगरि बुधबार बजार ६.३८ प्रतिशतले घटेको थियो भने हिजो बिहीबार बजारमा सामान्य सुधार हुँदै २.३१ अंकले बढेको थियो।
आज सेन्सेटिभ इण्डेक्स ३.८० अंकले घटेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५० अंकले घटेका छन्।
आज कारोबार रकम पनि बढेको छ।
बिहीबार ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको आज ३५४ स्टकको ४३ हजार ८१२ पटकको कारोबारबाट ४ अर्ब ८३ करोड ७७ लाख २३ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
यस दिन कुल १ करोड २९ लाख ५ हजार कित्ता शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
