एनआइबिएल इक्विटी पार्टनर्सको सहप्रमुखमा ऋतु प्रधान मल्ल नियुक्त भएकी छिन् । यो एनआइएमबी एस क्यापिटलले व्यवस्थापन गर्दै आएको कम्पनी हो । सहप्रमुखको भूमिकामा रहेर उनले निजी इक्विटी, लगानी व्यवस्थापन र दिगो वित्त क्षेत्रको रणनीतिक नेतृत्व गर्नेछिन् ।
उनले पर्यावरणीय, सामाजिक र प्रशासनिक (इएसजी) एकीकृत लगानी ढाँचा विस्तार गर्ने, पोर्टफोलियोमा निगरानी बढाउने र नेपालको आर्थिक रूपान्तरणमा योगदान पुर्याउने कम्पनीले जनाएको छ । जलवायु वित्त, प्राइभेट इक्विटी, उद्यम विकास र दिगो प्रभावको क्षेत्रमा मल्लसँग १४ वर्षभन्दा बढीको कार्य–अनुभव छ ।
