साताको चौथो कारोबार दिन आज बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।
बिहीबार नेप्से परिसूचक २.३१ अंकले बढेर २ हजार ५७४.६५ बिन्दुमा पुगेको छ। यस दिन क वर्गका कम्पनीको कारोबार मापन सेन्सेटिभ इण्डेक्स ०.८१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अंकले घटेका छन्।
आज कारोबार रकम पनि बढेको छ। हिजो बुधबार ३ अर्ब ७४ करोड ८० लाख ८० हजार रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज बिहीबार ३५४ स्टकको ४३ हजार ८१२ पटकको कारोबारबाट ३ अर्ब ९३ करोड ५ लाख ६० हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ।
यस दिन कुल १ करोड १२ लाख ३३ हजार कित्ता शेयर कारोबार भएको स्टक एक्सचेञ्जले जनाएको छ।
कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयरमूल्य सर्वाधिक १५ प्रतिशतले बढेको छ। कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ। कम्पनीको २६ करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
बिहीबार १३ उपसमूहमध्ये ८ उपसमूह उकालो लागेको छ। बाँकी ५ उपसमूहका परिसूचक घटेका छन्।
