लगानीकर्तालाई खुसीको खबर: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २५ प्रतिशत नगद लाभांश बाँड्ने

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूलाई गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आकर्षक लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको बिहीबार साँझ बसेको बैठकले सेयरधनीहरूका लागि कुल २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

लाभांशको विवरण

कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँको २५ प्रतिशत लाभांश वितरण गर्नेछ ।

विवरण रकम
हालको चुक्ता पुँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ
घोषित लाभांश दर २५ प्रतिशत (नगद, करसहित)
नगद लाभांश रकम ७० करोड १६ लाख ३७ हजार ४७५ रुपैयाँ

कहिलेबाट पाइन्छ ?

कम्पनीले घोषणा गरेको यो लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारणसभा (AGM) मा अनुमोदन गरिएपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ । यो लाभांश घोषणासँगै कम्पनीमा लगानी गर्ने सेयरधनीहरू उत्साहित भएका छन् ।

  • Clock icon
    २०८२ मंसिर २६, शुक्रबार