काठमाडौँ । स्नो रिभर्स लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। माघ १८ गते आइतबार बोर्डले कम्पनीलाई प्राथमिक सेयर जारी गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो।
अनुमतिपछि कम्पनीले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने तयारी गरेको छ। यस अन्तर्गत १०० रुपैयाँ अंकित मूल्य भएका १८ लाख ७५ हजार कित्ता सेयर निष्कासन हुनेछ।
कम्पनीको आईपीओ प्रक्रिया दुई चरणमा सम्पन्न गरिने छ। पहिलो चरणमा स्थानीय प्रभावित बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई छुट्टै सेयर बाँडफाँट गरिनेछ। यी दुवै समूहलाई सेयर वितरण भएपछिमात्र दोस्रो चरणमा आम सर्वसाधारणका लागि आवेदन खुला गरिने छ।
