सुनचाँदी मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । शुक्रबार प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा सोही दरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।