काठमाडौँ । नयाँ वर्ष २०८३ को अवसर पारेर एनसेल र हिमालयन जाभा कफीबीच भएको सहकार्यसँगै ग्राहकहरूले कफी तथा खानेकुरामा आकर्षक छुट पाउने भएका छन् । देशभरका हिमालयन जाभा कफीका आउटलेटहरूमा लागू हुने यस अफरले कफी प्रेमीहरूलाई थप सहज र रमाइलो अनुभव दिने लक्ष्य राखेको छ ।
यस साझेदारीअन्तर्गत रु. ४९९ वा सोभन्दा माथिका योग्य प्याक प्रयोग गर्ने एनसेल ग्राहकहरूले एक कप कफी खरिद गर्दा अर्को एक कप निःशुल्क प्राप्त गर्नेछन् । साथै, तेस्रो कप कफी खरिद गर्दा ३० प्रतिशत छुट उपलब्ध हुनेछ ।
त्यस्तै, २५ वर्ष वा सोभन्दा कम उमेरका युवा तथा एनसेल प्रयोग गर्ने पर्यटकहरूले रु. ९९ वा सोभन्दा माथिको योग्य प्याक प्रयोग गर्दा हिमालयन जाभाका सबै खानेकुरा तथा पेय पदार्थमा २० प्रतिशत छुट पाउनेछन् । अन्य ग्राहकहरूले पनि रु. ९९ वा सोभन्दा माथिको प्याक वा रेन्टल प्लान प्रयोग गरिरहेका भएमा १० प्रतिशतसम्म छुट लिन सक्नेछन् ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत माइकल फोलेले यस सहकार्यले ग्राहकहरूबीच सम्बन्धलाई अझ नजिक बनाउने विश्वास व्यक्त गरेका छन् । उनले व्यस्त जीवनशैलीबीच केही समय निकालेर रमाइलो अनुभव साट्न यो अफर उपयोगी हुने बताएका छन् ।
त्यसैगरी, हिमालयन जाभा कफीका संस्थापक आनन्द गुरुङले एनसेलसँगको सहकार्यमार्फत कफीप्रेमीहरूलाई नयाँ अनुभव दिन पाउँदा उत्साहित भएको बताए ।
यो अफर उपयोग गर्न ग्राहकहरूले कुनै थप दर्ता गर्नुपर्ने छैन । एनसेल एपमा गएर ‘पार्टनर्ड सर्भिसेस’ अन्तर्गत ‘हिमालयन जाभा कफी’ विकल्प छानेर आफ्नो योग्यता जाँच गर्न सकिन्छ । अर्डर गर्दा एनसेल एपको ‘लाइभ’ स्क्रिन देखाउनुपर्नेछ भने स्क्रीनसट मान्य हुने छैन । एउटै बिलमा एक प्रकारको छुट मात्र लागू हुनेछ र ग्राहकलाई उपलब्धमध्ये उच्चतम छुट स्वतः लागू हुने व्यवस्था गरिएको छ ।
प्याक सक्रिय रहेको अवधिभर ग्राहकहरूले यस अफरको फाइदा पटक–पटक लिन सक्नेछन् । योजनासम्बन्धी थप जानकारी एनसेलको वेबसाइट वा मोबाइल एपमार्फत प्राप्त गर्न सकिने जनाइएको छ ।
यस सहकार्यले ग्राहकलाई थप मूल्य दिने, डिजिटल सेवा प्रयोग बढाउने र सामाजिक भेटघाटलाई अझ आकर्षक बनाउने अपेक्षा गरिएको छ ।
