काठमाडौँ । सामसंग नेपालले स्मार्ट र रमाइलो होम कुकिङलाई प्रोत्साहन गर्ने उद्देश्यसहित विशेष “माइक्रोवेभ मास्टरक्लास” सफलतापूर्वक आयोजना गरेको छ । व्यावसायिक शेफ निमेश उलकको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गरेका थिए ।
शनिबार, ११ अप्रिलमा द्वारका प्यालेसमा आयोजना गरिएको कार्यक्रममा आधुनिक माइक्रोवेभ प्रविधिमार्फत घरमै खाना पकाउँदा स्वाद र पोषण कसरी कायम राख्ने तथा पकाउने प्रक्रिया कसरी सजिलो बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले सामसंगका Solo, Grill र Convection माइक्रोवेभ मोडेल प्रयोग गर्दै व्यवहारिक कुकिङ सीप सिक्ने अवसर पाएका थिए । शेफ उलकले छिटो खाना तताउनेदेखि ग्रिल, बेकिङ र मल्टि–स्टेज कुकिङसम्मका विभिन्न तरिका प्रस्तुत गरेका थिए ।
सामसंगको माइक्रोवेभ प्रविधिले व्यस्त जीवनशैली भएका परिवारहरूका लागि छिटो, सहज र स्मार्ट खाना पकाउने अनुभव प्रदान गर्ने कुरा कार्यक्रममा प्रष्ट पारिएको थियो । कार्यक्रमले गृहिणी, खाना पकाउने उत्साही तथा प्रविधिप्रेमी उपभोक्ताहरूको ध्यान आकर्षित गरेको थियो ।
कार्यक्रममा सामसंग स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जसमा सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदा अनुभव गरेका थिए । Bespoke एआई वाशिङ मेसिन र रेफ्रिजरेटरजस्ता घरेलु उपकरणहरूसँग एप जोडेर दैनिक जीवनलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा समेत जानकारी दिइएको थियो ।
सामसंग नेपालले यो पहललाई घरमै खाना पकाउने प्रयोगकर्तालाई आधुनिक किचन समाधानमार्फत सशक्त बनाउने आफ्नो निरन्तर प्रयासको हिस्सा भएको जनाएको छ । कम्पनीले Solo, Grill र Convection मोडेलसहितको माइक्रोवेभ रेन्जमार्फत आधुनिक जीवनशैलीअनुकूल बहुउपयोगी समाधान उपलब्ध गराउँदै आएको छ ।
सामसंगका माइक्रोवेभहरू देशभरका आधिकारिक स्टोरहरूमा उपलब्ध रहेको जनाइएको छ ।
