काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मकवानपुरको मनहरी–८ स्थित आमा घर सेवा आश्रममा स्वच्छ खानेपानीको व्यवस्था गर्न आरओ वाटर प्युरिफायर जडान गरेको छ ।
परिवारबाट अपहेलित तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरुलाई आश्रय प्रदान गर्दै आएको उक्त आश्रमका लागि बैंकका सर्कल हेड (नारायणगढ) रामकृष्ण काफ्लेले २०८३ वैशाख २ गते आयोजित एक कार्यक्रमका बीच आश्रमका संरक्षक विजय राज सिग्देललाई आरओ वाटर प्युरिफायर हस्तान्तरण गरेका हुन् ।
बैंकले प्रदान गरेको यस सहयोगबाट आश्रममा बसोबास गर्ने व्यक्तिहरुलाई स्वच्छ र सुरक्षित खानेपानी उपलब्ध हुने विश्वास गरिएको छ । साथै, यसले उनीहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नुका साथै आश्रमको दैनिक जीवनयापन थप सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
