प्रभु बैंक ग्राहकलाई ल्यापटप–प्रिन्टरमा आकर्षक छुट

काठमाडौं । नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरको आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालि र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीलाई विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौतामा मर्केन्टाइल अफिस सिस्टम प्रालिका कार्यकारी निर्देशक सूरज क्षेत्री र प्रभु बैंक लिमिटेडका मार्केटिङ म्यानेजर सबिन शमशेर जबरा राणाबीच एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारीहरूले एसर ल्यापटप तथा एप्सन प्रिन्टर खरिदमा अधिकतम १८ प्रतिशतसम्म छुट पाउने भएका छन् भने बैंकका ग्राहकहरूले ८ प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट सुविधा प्राप्त गर्नेछन् । साथै, क्रेडिट कार्ड प्रयोगकर्ताहरूले ‘इन्स्टापे’ मार्फत किस्ताबन्दी सुविधासमेत लिन सक्ने व्यवस्था गरिएको छ ।

उक्त छुट तथा सेवा सुविधा नेपालमा एसर ल्यापटप र एप्सन प्रिन्टरका आधिकारिक विक्रेता मर्केन्टाइल अफिस सिस्टम प्रालिबाट प्राप्त गर्न सकिने जनाइएको छ ।

प्रभु बैंकले हाल देशभर रहेका ३१२ शाखा कार्यालय, २८५ एटीएम र ६८ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नारासहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले गुणस्तरीय सेवा विस्तार गर्दै ग्राहककेन्द्रित सुविधा थप गर्दै अघि बढिरहेको जनाएको छ ।