काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा ‘राइड मोर, विन मोर!’ अभियान सार्वजनिक गरेको छ । यस अभियानमार्फत प्रयोगकर्ताले इनड्राइभ एपमार्फत राइड बुक गर्दा विभिन्न आकर्षक पुरस्कार जित्ने अवसर पाउने भएका छन् ।
नयाँ वर्षको समयमा परिवार तथा साथीभाइसँग भेटघाटका लागि यात्रा गर्ने क्रम बढ्ने भएकाले हरेक यात्रालाई थप रमाइलो र लाभदायक बनाउने उद्देश्यसहित कम्पनीले उक्त अभियान ल्याएको जनाएको छ । यो अभियान सन् २०२६ अप्रिल १४ देखि मे ४ सम्म सञ्चालन हुनेछ ।
अभियानअन्तर्गत ‘१ राइड = १ लक्की ड्र टिकट’ व्यवस्था गरिएको छ, जसअनुसार प्रयोगकर्ताले जति धेरै राइड लिन्छन्, उति नै धेरै जित्ने अवसर प्राप्त गर्नेछन् । मेगा गिभअवेमा सहभागी हुन राइड सम्पन्न भएपछि प्रयोगकर्ताले खल्ती एपमार्फत प्रयोगकर्ता खाताबाट ड्राइभर खातामा कम्तीमा दुई वटा कारोबार गर्नुपर्ने व्यवस्था गरिएको छ ।
अभियानअन्तर्गत १० वटा अनर एक्स ७ डि स्मार्टफोन मेगा गिभअवेमा राखिएको छ । साथै, प्रोमो कोडमार्फत १,००० जनालाई १५ प्रतिशत क्यासब्याक (अधिकतम ५० रुपैयाँ), अर्को १,००० जनालाई २०० रुपैयाँ क्यासब्याकसहित एयरलाइन प्रोमो कोड तथा १०० जनालाई ‘खल्ती प्रो’ मा अपग्रेड गरिने जनाइएको छ ।
इनड्राइभ नेपालकी कन्ट्री प्रतिनिधि रीता पोखरेलले प्रयोगकर्तालाई आफ्नो चालक छान्ने स्वतन्त्रता र उचित भाडा निर्धारण गर्ने सुविधा दिँदै आएको उल्लेख गर्दै यस अभियानमार्फत प्रयोगकर्ताप्रति आभार व्यक्त गर्न खोजिएको बताइन् । उनले धेरैभन्दा धेरै राइड प्रयोग गरी पुरस्कार जित्ने अवसर लिन आग्रह समेत गरिन् ।
यस्तै, खल्तीका चिफ ग्रोथ अफिसर सञ्जीव चन्द्र न्यौपानेले इनड्राइभसँगको सहकार्यले डिजिटल भुक्तानीलाई दैनिक यात्रासँग जोड्दै यात्रालाई अझ सहज र सुरक्षित बनाउने बताए । विशेषगरी चाडपर्वको समयमा यसले प्रयोगकर्तालाई थप सुविधा दिने उनको भनाइ छ ।
यो अभियान नेपालभरका सबै प्रयोगकर्ताका लागि खुला रहेको छ । सहभागी हुन अभियान अवधिभर इनड्राइभ एपमार्फत राइड बुक गरे पुग्नेछ । लक्की ड्र हरेक हप्ता सञ्चालन हुनेछ भने विजेताहरू इनड्राइभका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटकमार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।
