हिमालयन लाइफमा नयाँ नेतृत्वको औपचारिक सुरुआत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष सीए नारायण बजाजले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले कुपण्डोलमा आज आयोजित एक कार्यक्रममा बजाजलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको समेत उपस्थिति रहेको थियो ।

यसअघि प्राधिकरणका अध्यक्ष पौडेलले गत चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।