सुनचाँदी सस्तियो, बजारमा राहत

काठमाडौं । ‘मुख हेर्ने दिन’का अवसरमा सुनचाँदीको भाउ घटेर बजारमा केही राहत देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर २ लाख ९९ हजार ८०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला १२० रुपैयाँले घटेको छ। बिहीबार ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर ५ हजार १३० रुपैयाँमा कायम भएको छ।