सामसङको नयाँ अभियानले प्रवासी योगदान सम्मान

काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डका रूपमा स्थापित सामसङ नेपालले “सपनादेखि सम्भावनासम्म” नामक नयाँ अभियान सार्वजनिक गरेको छ। यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र राष्ट्रका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्ने उद्देश्य राखेको छ।

अभियानले सामसङको प्रविधिमार्फत जीवनलाई जोड्ने लक्ष्यलाई थप सशक्त बनाउने विश्वास गरिएको छ। यसैअन्तर्गत कम्पनीले “सामसङ रेमिटमा बेनिफिट” नामक विशेष पहल पनि अघि सारेको छ, जसले रेमिटेन्समा निर्भर नेपाली परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ। यो अफर आगामी अप्रिल २४ देखि लागू हुने जनाइएको छ।

नेपालको अर्थतन्त्रमा रेमिटेन्सको महत्वपूर्ण योगदानलाई केन्द्रमा राख्दै अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका प्रमुख आधारका रूपमा सम्मान गरेको छ। साथै, सामसङका एआई–सक्षम डिभाइसहरूले परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउने विश्वास कम्पनीले व्यक्त गरेको छ।

यस पहलअन्तर्गत सामसङले आईएमई रेमिट, एनसेल, खल्ती वाई आईएमई र हुँलास फिन सर्भीससँग सहकार्य गर्दै आफ्ना उत्पादन खरिदमा विभिन्न विशेष सुविधा उपलब्ध गराएको छ। ग्राहकहरूले एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो किस्ता सुविधा र खल्तीमार्फत क्यासब्याक जस्ता लाभ लिन सक्नेछन्। यो अफर विशेषगरी विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि लक्षित गरिएको छ।

अभियानले दीर्घकालीन विश्वसनीयता, आधिकारिक वारेन्टी तथा सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ।