काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेको हो। घटेसँगै आज सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी चाँदीको मूल्य पनि सामान्य रूपमा घटेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर आज ५ हजार १९० रुपैयाँमा कारोबार भइरहेको छ।
