काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ८० रुपैयाँ, गोलभेँडा सानो (लोकल) ४० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ४८ रुपैयाँ र गोलभेँडा सानो (तराई) ५५ रुपैयाँ कायम गरिएको छ । आलु रातो प्रतिकिलो २७ रुपैयाँ र भारतीय आलु २४ रुपैयाँ, तथा सुकेको प्याज (भारतीय) ३६ रुपैयाँ तोकिएको छ ।
यसैगरी, गाजर ३० देखि ६० रुपैयाँ, बन्दा ५० रुपैयाँ, काउली ४० देखि ६० रुपैयाँ, मूला २० देखि ३० रुपैयाँ, भन्टा ५५ देखि ६० रुपैयाँ र बोडी ५५ रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ । घिउ सिमी २५ देखि ४० रुपैयाँ, राजमा १२० रुपैयाँ, टाटे सिमी १३० रुपैयाँ, भटमास कोसा २०० रुपैयाँ र करेला ४० रुपैयाँ तोकिएको छ ।
लौका २० रुपैयाँ, परवर ९० देखि १०० रुपैयाँ, चिचिन्डो ४५ रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, फर्सी २० देखि ६० रुपैयाँ, भिन्डी ५५ रुपैयाँ, बरेला ५० रुपैयाँ, सक्खरखण्ड ७० रुपैयाँ र पिँडालु तथा स्कुस ५० रुपैयाँ कायम गरिएको छ ।
हरियो सागसब्जीतर्फ रायोसाग ६० रुपैयाँ, पालुङ्गो १०० रुपैयाँ, चमसुर ८० रुपैयाँ, तोरीसाग ४० रुपैयाँ, मेथी र हरियो प्याज ८० रुपैयाँ, च्याउ १६० देखि १,००० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
फलफूलतर्फ स्याउ २५० देखि ३०० रुपैयाँ, केरा दर्जन ३०० रुपैयाँ, अनार ३५० रुपैयाँ, अङ्गुर २४० देखि ३८० रुपैयाँ, कागती ३९० रुपैयाँ, तरबुजा ४५ रुपैयाँ, किबी ४०० रुपैयाँ र भुइँकटहर २४० रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, अदुवा १०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ, हरियो खुर्सानी ६० देखि ८० रुपैयाँ, लसुन १३० देखि २२० रुपैयाँ, हरियो धनियाँ ८० रुपैयाँ तथा माछा ३०० देखि ३४० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
समितिले नियमित बजार अनुगमनका आधारमा मूल्य सूची सार्वजनिक गरिएको जनाएको छ ।
