प्रधानमन्त्री बालेनले नै गृहमन्त्रालयको जिम्मेवारी

तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । आज बुधबार सुधन गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएसँगै प्रधानमन्त्रीले उक्त जिम्मेवारी आफू मातहत नै राखेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदार रहेको तथ्य बाहिरिएपछि उनी पनि विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि पनि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएको सामाजिक सञ्जाल फेसबुक मार्फत उल्लेख गरेका थिए ।

गृहमन्त्री सुधनले राजीनामा दिदै फेसबुकद्धारा छानबीनको माग