नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत बुधबार भएको खेलमा पोखरा एभेञ्जेर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पोखराले ७ विकेट गुमाएर १४५ रन बनायो ।
पोखराका अर्जुन घतीले २५ बलमा ४ चौका र १ छक्कासहित अविजित ४० रन बनाए ।
यस्तै मेहेदी हसनले २१ बलमा ४ चौका र १ छक्कासहित ३२ रन र कप्तान कुशल मल्लले १७ बलमा २ चौकासहित २१ रन बनाए ।
सुदूरपश्चिमका अनिल खरेलले ३ विकेट लिए । कप्तान दीपेन्द्रसिंह ऐरी, स्कट कुगेलेन र हेमन्त धामीले
समान १ विकेट लिए । मंसिर ५ गतेसम्म चल्ने प्रतियोगितामा आठ टोलीको सहभागिता छ।
