आन्दोलन गर्न तयार रहनु : ओली

  • Clock icon
    २०८३ कार्तिक १२, बुधबार

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै देशको रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलनबाट भाग्न खोजे र आन्दोलन नगरे देशको रक्षा गर्न नसकिने दाबी गरे ।

‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ । आन्दोलन सुन्नै नहुने टक्टक्याउने खालको मनस्थिबति पनि नबनाउँ । आन्दोलनले शक्ति आर्जन गर्ने हो । आन्दोलनले नै शक्ति आर्जन गर्दछ,’ ओलीले भने, ‘यति असहज र अफ्ठ्यारो स्थिति छ, आन्दोलन बाहेक अर्को कुराबाट हामी जान खोज्यो भने, आन्दोलन गर्ने आँट गरेनौं भने हामी सफल हुन सक्दैनौँ । आन्दोलनले टिकाउने हो । आन्दोलनले अघि बढाउने हो र आन्दोलनले जिताउने हो ।’

अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर चिच्याउने तर नेपालीलाई धोका दिइरहेको आरोप लगाए । सरकार बलजफ्ती अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरी बर्दी बिना पक्राउ गर्न जाने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

‘अब दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र, शान्ति भनेर घाँटीका नसा फुलिन्जेल कराउँछन्, दुनियाँलाई धोका दिन्छन् तर व्यवहार कस्तो गर्छन् भने मान्छे मराउने षड्यन्त्र गर्दछन् । त्यो मराएकोलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, ध्वस्त बनाउने, कुटपिट गर्ने, आतंक फैल्याउने षड्यन्त्र गर्दछन्,’ उनले भने, ‘कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतंकको राज सिर्जना गरेको छ । बोल्यो की त पुर्जी, बोल्यो की त गिरफ्तारी, बोल्यो की त बिना बहिष्कार । पुलिससँग ड्रेस छैन रु डे्रस नलगाएर, आवारा हो पुलिस रु गुण्डा हो पुलिस रु बिना बर्दी जाने, बलजफ्ती गरेर ढोका खोल्न लगाउने रु गुण्डा हो की को हो रु बलजफ्ती गरेर ढोका फोरेर भित्र पस्छ ।’

अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको पनि बताए । उनले सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको बताए । तत्काल वा तिहार तथा छठपछि जहिले भएपनि आन्दोलनको मानसिकताका साथ तयारी अवस्थामा रहन पार्टीका नेता, कार्यकर्ताहरूलाई निर्देशन दिए ।

‘एनार्किस्ट राज्य छ, फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको छ । यस्तो अवस्थामा सिंगै राज्य स्वतन्त्रताको प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको अवस्थामा हामी छौं । हामीले आन्दोलनकारी ढंगले अघि बढ्नुको विकल्प छैन,’ उनले भने, ‘अहिले भरे, भोलि, तिहारपछि, छठपछि होस् की तर हामी तयारी मानसिक रुपमा हुनुपर्छ । भित्रभित्रै तयारी रुपमा रहनुपर्छ । चुनाव आउँदैछ । जुन ढंगले गत चुनावमा अत्यन्तै नराम्रो ढंगले पराजित गर्न खोजेका छन्, यस पटकको चुनावबाट दिवा स्वप्नामा परिणत गरिदिनुपर्छ ।’

अध्यक्ष ओलीले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमाले बिनाको देश बनाउने योजनालाई दिवा स्वप्नामा परिणत गरिदिने गरी निर्वाचनमा जुट्न पनि निर्देशन दिए ।