साताको दोस्रो कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २६.१६ अंकले घटेर २७७०.२६ बिन्दुमा पुगेको छ।
अघिल्लो कारोबार हिजोको दिनमा नेप्से ७.७३ अंकले बढेर २७९६.४३ बिन्दुमा पुगेको बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १ सय ६७ कित्ता शेयर १ लाख ५१ हजार २ सय ८६ पटक किनबेच हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९ सय ७६ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन बैंक लिमिटेड बण्ड ६ प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै पाल्पा सिमेन्ट कम्पनीको ५८ करोड ३३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहमध्ये परिसूचक घटेको छ।आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै २.५६ प्रतिशत घटेको छ।
