काठमाडौँ । केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेस प्रालिले विश्वप्रसिद्ध घरेलु उपकरण ब्रान्ड व्हर्लपुलसँग रणनीतिक साझेदारी गरेको घोषणा गरेको छ।
यस सहकार्यसँगै स्मार्ट अप्लायन्सेस प्रालि नेपालका प्रदेश ५, ६ र ७ मा व्हर्लपुलका घरेलु उपकरणहरूको एकमात्र आधिकारिक वितरकका रूपमा नियुक्त भएको छ। यो उपलब्धिले कम्पनीको नेपालमा घरेलु उपकरण तथा उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
व्हर्लपुलको विश्वव्यापी नवप्रवर्तन, गुणस्तर र उपभोक्ता विश्वासलाई स्मार्ट अप्लायन्सेसको बलियो वितरण सञ्जाल तथा डिलर नेटवर्कसँग जोड्दै सम्बन्धित प्रदेशहरूमा विश्वस्तरीय उत्पादन सहज रूपमा उपभोक्तासम्म पुर्याइने कम्पनीले जनाएको छ।
यस अवसरमा स्मार्ट अप्लायन्सेसले “स्मार्ट अप्लायन्सेस र व्हर्लपुल पार्टनर कनेक्ट २०२६” नामक डिलर मिट पनि आयोजना गरेको थियो। उक्त कार्यक्रममा नयाँ तथा पुराना डिलर साझेदारहरूसँगको सम्बन्ध सुदृढ बनाउने तथा क्षेत्रीय विकासको योजना प्रस्तुत गरिएको थियो।
कम्पनीका अनुसार यो साझेदारी केवल वितरण विस्तारमा सीमित नभई नेपालको घरेलु उपकरण बजारमा नयाँ चरणको सुरुवातका रूपमा रहनेछ।
स्मार्ट अप्लायन्सेसले आफ्ना डिलर साझेदारहरूलाई सशक्त बनाउँदै दीगो व्यापारिक वृद्धि हासिल गर्ने तथा उपभोक्तालाई भरपर्दो, आधुनिक र उत्कृष्ट घरेलु उपकरण समाधान उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
