एनएमबि लघुवित्तमा सजल खड्काको नेतृत्व

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा सजल खड्का नियुक्त भएका छन्।

कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको १८८औं बैठकले खड्कालाई आगामी चार वर्षका लागि सीइओ नियुक्त गर्ने निर्णय गरेको हो।

यसअघि कामु प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत खड्का सोही मितिबाट औपचारिक रूपमा सीइओको जिम्मेवारीमा आएका हुन्। उनको कार्यकाल चार वर्षको रहने कम्पनीले जनाएको छ।

नियुक्तिसँगै संस्थाले आगामी दिनमा सेवा विस्तार, वित्तीय पहुँच वृद्धि तथा लघुवित्त क्षेत्रलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।