शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले विगतमा भएका सहमतिलाई कार्यान्वयन नगरिए दबाबमूलक कार्यक्रममा उत्रिने चेतावनी दिएका छन्।
डा. केसीले आज बुधबार प्रेस विज्ञप्ति जारी गरी सार्वजनिक निकाय पदाधिकारी पदमुक्त गरिएको विषयमा ध्यानाकर्षण भएको जनाएका छन्।
हालै शिक्षा र स्वास्थ्यलगायत विभिन्न सरकारी तथा सार्वजनिक निकायमा विगतका सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने बालेन सरकारको अध्यादेश पारित भएको भन्ने समाचारले आफ्नो ध्यानाकर्षण भएको उनले उल्लेख गरेका छन् ।
विगतमा जस्तै शिक्षामन्त्रीको संयोजकत्वमा विश्वविद्यालयका पदाधिकारी चयन गर्न छनोट समिति गठन भएकाले आशंका उपब्जिएको उनको भनाइ छ। ‘डा. केसीले विगतमा भएका सहमति कार्यान्वयन नभए दबाबमूलक कार्यक्रम सुरु गर्ने चेतावनी दिएका छन्।
‘
