अष्ट्रेलियामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि जुलाई इन्टेकमा भिसा स्वीकृतिदर उच्च रहेको युनिक्याम्पस ग्लोबलले एक तथ्य सार्वजनिक गरेको छ ।
युनिक्याम्पस ग्लोबलका अनुसार जुलाई इन्टेकका लागि आवेदन दिएका विद्यार्थीहरूमा उच्च भिसा स्वीकृति दर हासिल भएको छ ।
अष्ट्रेलियामा विद्यार्थी भिसा प्राप्त गर्ने प्रक्रिया पछिल्लो समय प्रतिस्पर्धात्मक बन्दै गएको भए पनि राम्रो शैक्षिक प्रोफाइल, पर्याप्त तयारी र सही कागजात भएका विद्यार्थीहरूका लागि अवसर अझै बलियो रहेको युनिक्याम्पस ग्लोबलका प्रमुख कार्यकारी अधिकृत घनश्याम घिमिरेले जानकारी दिनुभयो । नेपाली विद्यार्थीहरूको अष्ट्रेलियाप्रतिको आकर्षण बढिरहादा भिसा प्रक्रियामा भने कडाइ गरिएको छ । यसअघि गत मार्चमा २५ प्रतिशत रहेको भिसा स्वीकृति दर बढ्न सक्ने बताईएको छ ।
घिमिरेका अनुसार सही कागजात, स्पष्ट वित्तीय अवस्था तथा उपयुक्त कोर्श छनोटले भिसा स्वीकृतिमा महत्वपूर्ण भूमिका खेल्ने गरेको छ । युनीक्याम्पस ग्लोबलले जुलाई इन्टेकमा प्राप्त नतिजाले त्यसलाई पुष्टि गरेको जनाएको छ ।
शैक्षिक परामर्श क्षेत्रका विज्ञहरूका अनुसार प्रारम्भिक आवेदन अवधिमा, विशेषगरी जुलाईदेखि सेप्टेम्बरसम्म, आवेदन गर्दा भिसा स्वीकृतिको सम्भावना तुलनात्मक रूपमा उच्च हुने देखिन्छ ।
अष्ट्रेलियाले हाल विद्यार्थी भिसामा वास्तविक विद्यार्थी सम्वन्धी मापदण्डलाई कडाइका साथ लागू गरिरहेको छ, जसअन्तर्गत आवेदकको अध्ययनको वास्तविक उद्देश्य, शैक्षिक योजना तथा आर्थिक तयारीलाई विशेष महत्व दिइन्छ ।
युनिक्याम्पस ग्लोबलले सही मार्गदर्शन र तयारीका साथ अष्ट्रेलियामा अध्ययन गर्ने लक्ष्य अझै सम्भव रहेको उल्लेख गर्दै विद्यार्थीहरूलाई समयमै योजना बनाउन र योग्य परामर्श लिन आग्रह गरेको छ ।
