साताको अन्तिम कारोबारमा शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ। आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा २७.४९ अंकले बढेर २७४५.६५ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन ६.६४ अंकले बढेर २७१८.१६ बिन्दुमा पुगेर बन्द भएको थियो।
कारोबारमा ३ सय ३५ कम्पनीको ७४ लाख ६२ हजार ६३ कित्ता शेयर ५२ हजार ८ सय ६६ पटक किनबेच हुँदा ३ अर्ब २७ करोड ७५ लाख ९ हजार ३ सय ३४ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै त्रिशूली जलविद्युत कम्पनी लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ।कारोबार रकमका आधारमा सबैभन्दा धेरै होटल फरेष्ट इन कम्पनीको १३ करोड ८६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहमध्ये परिसूचक स्थिर छ। आज वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै १.८७ प्रतिशत बढेको छ।
बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, होटल तथा पर्यटन १ दशमलव ४८, जलविद्युत् १ दशमलव ७१, लगानी १ दशमलव १०, जीवन बीमा शून्य दशमलव ६२ र उत्पादन तथा प्रशोधन समूह १ दशमलव ४० प्रतिशतले बढेको छ।
त्यस्तै, लघुवित्त समूह शून्य दशमलव १६, म्युचुअल फन्ड शून्य दशमलव ५५, निर्जीवन बीमा समूह १ दशमलव ५२ र अन्य समूह १ दशमलव १३ प्रतिशतले बढेको स्टक एक्सचेञ्ज जनाएको छ।
