स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक नेप्से परिसुचक आज बुधबार ४.१५ अंकले ओरालो लागेको छ ।
यो कारोबार हुने दोश्रो दिन हिजोको तुलनामा शुन्य दशमलब १५ प्रतिशत कम भई २,७४०.२५ बिन्दुमा पुगको स्टक एक्सचेञ्जले जनाएको छ ।
कूल ३३९ कम्पनीको ५६ लाख ४३ हजार २८८ शेयर करोबारबाट १ अर्ब ८० करोड ७४ लाख ८६ हजार ३६१ रुपैयाँ बराबर किनबेच भएको हो ।
