निगम ऋण व्यवस्थापन चुनौती

काठमाडौँ । नेपाल वायु सेवा निगमले विमान खरिदका लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषसँग लिएको ऋणको साँवा तथा ब्याज गरी कुल ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ बराबर पुगेको छ।

महालेखापरीक्षकको ६३ औँ वार्षिक प्रतिवेदनमा उक्त रकम भुक्तानी गर्न बाँकी रहेको उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ गते कर्मचारी सञ्चय कोषबाट करिब २२ अर्ब रुपैयाँ बराबरको ऋण लिएको थियो।

त्यसैगरी, नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ बराबरको ऋण लिइएको प्रतिवेदनमा उल्लेख छ।

हालसम्मको विवरणअनुसार कर्मचारी सञ्चय कोषलाई ३१ अर्ब ३३ करोड ९२ लाख ३१ हजार रुपैयाँ तथा नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोड १७ लाख रुपैयाँ बराबर तिर्न बाँकी रहेको छ। महालेखाले उक्त ऋण दायित्व व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिएको छ।