साताको अन्तिम कारोबार दिन आज नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १६.३८ अंकले बढेर २७५८.४९ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १२.३६ अंकले बढेर २७४२.११ मा पुगेर बन्द भएको थियो।
आजको कारोबारमा ३ सय ३६ कम्पनीको १ करोड ८ लाख ८८ हजार ७ सय ३९ कित्ता शेयर ५४ हजार ४ सय ९७ पटक किनबेच हुँदा ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ रुपैयाँको कारोबार भएको छ।
आजको कारोबारमा सबैभन्दा धेरै क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड १४.८१ प्रतिशतले बढेको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखु खोला जलविद्युत कम्पनी लिमिटेडको ४३ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आजको कारोबारमा अन्य बाहेक सबै उपसमूहको परिसूचक बढेको छ। जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२९ प्रतिशत बढेको छ।
