बकर ईदको अवसरमा यही जेठ १४ गते सरकारले सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले सूचना जारी गरी सार्वजनिक बिदाबारे जानकारी दिएको हो ।
ईद–उल–अज्हा पनि भनिने बकर ईद इस्लाम धमार्वलम्बीको महान चाड हो ।
मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले पनि सो दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
हजरत मुहम्मदको स्वीकृतिले मनाउँदै आएको यस चाडमा गरिबहरू पनि सहभागी बन्न सकुन् भनेर धनी मानिसहरूले आफ्नो सञ्चित धनको २.५ प्रतिशत हिस्सा गरिबहरूलाई दान गर्नु पर्ने नियम छ।
अर्कोतर्फ आज अल्लाहको आफूप्रतिको माया र आशिषकालागि मुस्लिम धर्मावलम्बिहरूले जनावरहरूलाई कुरवान् गर्ने चलन पनि छ ।
गरिएको कुर्बानीको तिन भाग लगाइन्छ जसमा पहिलो भाग इष्ट मित्र अनि छिमेकीलाई दिइन्छ, दोस्रो भाग गरिब र विपन्नहरुकालागि दिइन्छ भने तेस्रो भाग चाहिँ कुर्बानी गर्ने परिवारले राख्दछन् ।
