कामना सेवाको विद्यालयलाई सहयोग

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रुपन्देहीस्थित श्री पशुपति माध्यमिक विद्यालयलाई कुलर सहयोग गरेको छ ।

बैंकको शाखा कार्यालय कोटिहवामार्फत विद्यालयलाई ३ थान कुलर हस्तान्तरण गरिएको हो । बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले विद्यालयका प्रधानाध्यापक बेद नारायण भट्टराईलाई उक्त कुलर हस्तान्तरण गरेका थिए ।

विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीहरूलाई गर्मीको मौसममा सहज वातावरणमा अध्ययन–अध्यापन गर्न सहयोग पुग्ने उद्देश्यले कुलर उपलब्ध गराइएको बैंकले जनाएको छ ।

प्रधानाध्यापक भट्टराईले विद्यालयमा कुलर जडान भएपछि कक्षाकोठाभित्रको तापक्रम न्यूनीकरण हुने र विद्यार्थीहरूलाई सहज तथा अनुकूल वातावरणमा अध्ययन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

बैंकका बुटवल क्षेत्र प्रमुख आचार्यले यस्ता सहयोगात्मक कार्यक्रमले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै उनीहरूलाई थप प्रेरणा मिल्ने बताए ।

कार्यक्रममा बैंकका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कामना सेवा विकास बैंकले आगामी दिनमा पनि सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक तथा साक्षरतामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।