काठमाडौं । सामसङ नेपालले ग्राहकलाई पुराना स्मार्टफोन साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्न सहज बनाउने उद्देश्यले ‘अपग्रेड टु ग्यालेक्सी’ अभियान सार्वजनिक गरेको छ। सीमित अवधिका लागि सञ्चालन हुने यस अभियानअन्तर्गत आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज किस्ता सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ग्राहकले आफ्नो पुरानो योग्य स्मार्टफोन एक्सचेन्ज गरी नयाँ ग्यालेक्सी स्मार्टफोन खरिद गर्दा पुरानो फोनको मूल्यबाहेक थप आठ हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। साथै विभिन्न मोडेलमा सुनिश्चित छुट (ग्यारेन्टिड डिस्काउन्ट) को सुविधा पनि उपलब्ध गराइएको छ।
अभियानअन्तर्गत ग्यालेक्सी एस२६ अल्ट्रा खरिद गर्दा १० हजार रुपैयाँ सुनिश्चित छुट र आठ हजार रुपैयाँ एक्सचेन्ज बोनस प्राप्त हुनेछ। ग्यालेक्सी एस२६ प्लसमा २३ हजार रुपैयाँ सुनिश्चित छुटसहित आठ हजार रुपैयाँ एक्सचेन्ज बोनस उपलब्ध हुनेछ भने ग्यालेक्सी एस२६ मा १० हजार रुपैयाँ सुनिश्चित छुट र आठ हजार रुपैयाँ एक्सचेन्ज बोनस दिइनेछ।
त्यस्तै, ग्यालेक्सी ए५७ र ग्यालेक्सी ए३७ खरिद गर्ने ग्राहकले पाँच–पाँच हजार रुपैयाँ सुनिश्चित छुट तथा पाँच–पाँच हजार रुपैयाँ एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्।
ग्राहकलाई थप सहजता प्रदान गर्न सामसङले २४ महिनासम्मको ईएमआई सुविधा उपलब्ध गराएको छ। कम्पनीका अनुसार योग्य ग्राहकले शून्य प्रतिशतसम्म डाउन पेमेन्टमा नयाँ स्मार्टफोन खरिद गर्न सक्नेछन्।
अभियानअन्तर्गत एनसेलसँगको सहकार्यमा विशेष डेटा अफर पनि ल्याइएको छ। ग्यालेक्सी एस२६ सिरिज प्रयोगकर्ताले न्यूनतम ३९९ रुपैयाँको एनसेल डेटा प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १५ जीबी बोनस डेटा प्राप्त गर्नेछन्। १२ पटक रिचार्ज गर्दा कुल १८० जीबी बोनस डेटा उपलब्ध हुनेछ।
त्यस्तै, ग्यालेक्सी ए५७, ए३७, ए१७ तथा एम१७ प्रयोगकर्ताले न्यूनतम २९९ रुपैयाँको एनसेल डेटा प्याक खरिद गर्दा प्रत्येक रिचार्जमा १० जीबी बोनस डेटा प्राप्त गर्नेछन्। १२ पटक रिचार्जमार्फत कुल १२० जीबी बोनस डेटा उपलब्ध गराइने कम्पनीले जनाएको छ।
सामसङका अनुसार हालै सार्वजनिक गरिएको ग्यालेक्सी एस२६ सिरिज कम्पनीको नवीनतम फ्ल्यागसिप स्मार्टफोन शृङ्खला हो, जसमा उच्चस्तरीय कार्यसम्पादन, उन्नत कृत्रिम बुद्धिमत्ता (एआई) आधारित सुविधा तथा प्रिमियम प्रयोगकर्ता अनुभव समावेश गरिएको छ।
त्यसैगरी, ग्यालेक्सी ए५७ र ए३७ फाइभजी स्मार्टफोनमा एआई आधारित स्मार्ट फिचर, भरपर्दो कार्यसम्पादन तथा आकर्षक डिजाइन समेटिएको कम्पनीको दाबी छ। यी मोडेल विशेषगरी दैनिक प्रयोगकर्ताको आवश्यकता लक्षित गरेर विकास गरिएको बताइएको छ।
यो अभियान जेठ १३ गतेदेखि असार १६ गतेसम्म देशभरका आधिकारिक सामसङ शोरुम तथा साझेदार विक्री केन्द्रहरूमा उपलब्ध रहनेछ। कम्पनीले ग्राहकलाई नजिकको सामसङ स्टोरमा गई ईएमआई योजना, एक्सचेन्ज सर्त तथा अन्य सुविधाबारे विस्तृत जानकारी लिन आग्रह गरेको छ।
