विश्व बुवाआमा दिवस

आज विश्वभर विश्व बुवाआमा दिवस मनाइदै छ ।

सन्तानको पालनपोषण, शिक्षा, संस्कार र उज्ज्वल भविष्य निर्माणमा आमाबुवाले पु¥याएको योगदानको सम्मान गर्दै यो दिवस मनाउने गरिन्छ । आजको दिनमा जन्म दिने आमाबुबाप्रति विशेष सम्मान भाव ब्यक्त गर्दछन् ।

बुवाआमा परिवारका आधारस्तम्भ मात्र नभई सन्तानका पहिलो शिक्षक, मार्गदर्शक र प्रेरणाका स्रोत पनि हुन् । उनीहरूको माया, त्याग, समर्पण र संघर्षकै कारण सन्तानले जीवनमा सफलता हासिल गर्ने अवसर प्राप्त गर्छन् । त्यसैले यो दिवसले आमाबुवाप्रति सम्मान, कृतज्ञता र जिम्मेवारीको भावना अभिवृद्धि गर्न विशेष महत्व राख्छ ।

बुवाआमाको नाता र महत्व बुझेर आफ्नो जिम्मेवारी पूरा गर्नु नै सन्तान हुनुको परमकर्तव्य हो भन्ने कुराको आत्मबोध सबैलाई हुनु एकदमै जरुरी छ ।