काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य मंगलबारकै स्तरमा यथावत् रहँदै कारोबार भइरहेको छ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु. ३ लाख ११ हजार ३०० मा किनबेच भइरहेको छ। अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएकाले सुनको मूल्यमा कुनै परिवर्तन देखिएको छैन।
यस्तै, चाँदीको मूल्य भने सामान्य रूपमा घटेको छ। मंगलबार प्रतितोला रु. ५ हजार ४०५ मा कारोबार भएको चाँदी आज घटेर रु. ५ हजार ३७० कायम भएको महासंघले जनाएको छ।
