नेपाल र भारतबिच विभिन्न विषयको सूची सहित समय सिमा तयार गर्न मोदी तयार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल-भारतबीचका विभिन्न विषयको सूची तयार पारेर काम गर्न आफू तयार रहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका सत्तारुढ रास्वपाका सभापति रवि लामिछानेसँगको भेटमा मोदीले  दुई देशबीचका विषयलाई प्राथमिकता दिएर काम गर्न प्रतिवद्ध रहेको जनाएका हुन् ।

‘आज पार्टी सभापतिसहित हामीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्यौं । हिजो भारतका गृहमन्त्री, परराष्ट्रमन्त्री भेट्यौँ । भाजपाको निमन्त्रणमामा रास्वपाका सभापतिसहित हामी भारत आएका हौं,’ मोदीलाई उदृत गर्दैं रास्वपा विदेश विभाग प्रमुख दीपक बोहोराले भने, ‘छलफलमा नेपाल भारतसँग भएका विषयहरूको लिस्ट बनाऔं, त्यसको प्राथमिकता दिऔं टाइमलाइन दिऔं । हामी काम गरौँ हामी काम गर्छौं भनेर प्रधानमन्त्रीले प्रतिवद्धता जनाउनु भयो ।’

रास्वपा सभापति ५ दिने भ्रमणको क्रममा भारतमा छन् । जेठ १८ गते भारत प्रस्थान गरेका लामिछाने नेतृत्वको भ्रमण टोलीमा उनकी पत्नी निकिता पौडेल, पार्टीका सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुखसमेत रहेका सचिवालय सदस्य बोहोरा र प्रदीप आचार्य छन्।