सभापति रविपछि रास्वपाका नेता एंव परराष्ट्रमन्त्री खनाल आज भारत

  • Clock icon
    २०८३ जेष्ठ २२, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत गएसँगै सो पार्टीका नेता एंव परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत जाने भएका छन् । परराष्ट्रमन्त्री  खनालले आज भारतको औपचारिक भ्रमणका लागि दिल्ली प्रस्थान गर्दै छन्।

भारतका विदेशमन्त्री एस जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी परराष्ट्रमन्त्री खनालले आज शुक्रबारदेखि आइतबारसम्म भारतको भ्रमण गर्ने जानकारी दिएको हो।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री डा.जयशंकरसँग औपचारिक भेटवार्ता गर्नेछन्।

अनि व्यापार, लगानी, सम्पर्क, ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत प्रमुख क्षेत्रमा सहयोग विस्तार गर्ने उद्देश्यका साथ दुवै पक्षले आपसी हितका विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदान अन्तर्गत हुन लागेको यस भ्रमणले नेपाल र भारतबिचको दीर्घकालीन तथा बहुआयामिक द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

भारत भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल जेठ २४ गते आइतबार स्वदेश फर्किने तालिका छ।