खरिदबिक्रिको ५ औं अर्थात साताको अन्तिम दिन शेयर कारोबार रकममा वृद्धि

  • Clock icon
    २०८३ जेष्ठ २२, शुक्रबार

साताको पाँचौं तथा अन्तिम कारोबार दिन आज शुक्रबार नेप्स परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११.३७ अंकले घटेर २७५५.४१ बिन्दुमा पुगेको छ। अघिल्लो कारोबारमा नेप्से १३.४६ अंकले घटेर बन्द भएको थियो।

आजको कारोबारमा ३ सय ५१ कम्पनीको १ करोड २७ लाख ३२ हजार ८ सय ६८ कित्ता शेयर ५१ हजार ६ सय १ पटक किनबेच भएको छ।

आज अघिल्लो कारोबारको तुलनामा कारोबार रकम भने बढेको छ। आज ५ अर्ब ६२ करोड ५६ लाख ११ हजार ८ सय २३ रुपैयाँको कारोबार भएको छ। अघिल्लो कारोबारमा ४ अर्ब ७० करोड ३३ लाख २६ हजार ९ सय ४४ रुपैयाँको कारोबार भएको थियो।

आज कालिञ्चोक हाइड्रोपावर लिमिटेडको शेयर सकरात्मक सर्किट लेभलमा कारोबार भएको छ। कारोबार रकमका आधारमा सबैभन्दा धेरै आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको ५५ करोड ६९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आजको कारोबारमा ९ उपसमूहको परिसूचक घटेको छ। ४ उपसमूहको परिसूचक बढेको छ। वित्त उपसमूकको परिसूचक सबैभन्दा धेरै २.७७ प्रतिशतले बढेको छ।