मन्त्री नियुक्तीमा बालेन अघि भएपनि रास्वपाको जिल्ला अधिवेशनमा देशभर रवि पक्ष हाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदा संस्थापन पक्ष हाबी भएको छ। रास्वपाको शनिबार र आइतबार प्रथम अधिवेशन सम्पन्न भएका ५० बढी जिल्लाका कार्यसमिति बन्दा सबैजसोमा सभापति रवि लामिछानेनिकट नेता चुनिएका छन्।

निर्वाचनअघि रास्वपामा बालेन्द्र शाह समूह र विवेकशील साझा पार्टीको एकता र समायोजन भएको थियो।

शाह समूह र विवेकशील साझा पक्षलाई सभापति लामिछानेले पार्टीमा पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरेका थिए। समूहगत भागबण्डाकै आधारमा गत फागुन २१ को निर्वाचनको प्रत्यक्ष र समानुपातिक उम्मेदवार तय गरिएको थियो।

रास्वपाले १८२ सिट जितेपछि बालेन्द्र शाह नेतृत्वमा बनेको सरकारमा पनि भागबण्डाकै आधारमा मन्त्री नियुक्त गरिएको देखिन्छ।
तर बालेनको इच्छानुसार मन्त्री नियुक्ति गरिएको बहस सिर्जना भएको छ ।