भेनेजुएलाको भूकम्पमा मृतकको संख्या ९२० पुग्यो

गत बुधबार साँझ दक्षिण अमेरिकी देश भेनेजुएलामा गएका दुई शक्तिशाली भूकम्पमा मृत्यु भएकाको संख्या ९२० पुगेको छ भने ३ हजार ३६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

अझै सयौँ बेपत्ता छन्। भग्नावशेष हटाउने र बेपत्ता खोज्ने क्रम जारी छ।

यस क्रममा शुक्रबार अधिकारीहरूले अहिलेसम्म २४३ जनालाई जीवितै फेला पारिएको बताएका छन्।

मृतकको संख्या अझै बढ्ने सम्भावना छ।

भेनेजुएलामा गएको भूकम्पले मृतक र घाइतेको संख्या बढ्दै