आज धेरै घट्यो अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्रा

मानी पैसा बिदेशी मुद्रा money

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज पनि सबैजसो विदेशी मुद्राको भाउ घटेको छ। अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ आज थप घटेको हो।

हिजो पनि यी सबैजसो मुद्राको भाउ घटेको थियो।

आज अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा थियो।

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा छ। हिजो युरो १ को खरिददर १७४ रुपैयाँ ६० पैसा र बिक्रीदर १७५ रुपैयाँ २९ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ २६ पैसा र बिक्रीदर २०४ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ २७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा थियो।

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९९ रुपैयाँ ०१ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९७ रुपैयाँ ६० पैसा र बिक्रीदर ४९९ रुपैयाँ ५५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिददर ४०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ४८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०६ रुपैयाँ २१ पैसा र बिक्रीदर ४०७ रुपैयाँ ८० पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।