२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४७० जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४७० वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९९, सिसिटिभिमार्फत ४०, रातोबत्तीमा ३७ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११५, हर्न निषेधमा ९, लेन क्रसमा २ एकतर्फीमा ७ र अन्यमा १६१ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।