आजदेखि भक्तपुरको भाटभटेनी स्टोर चौबीसै घण्टा खुल्ने

भक्तपुरस्थित भाटभटेनी सुपरस्टोर आजदेखि चौबीसै घण्टा खुल्ला हुने भएको छ। योसँगै राधेराधेमा रहेको स्टोरको ग्रोसरीमा ग्राहकले राति जतिखेर पनि किन्न पाउने भएका हुन्।  ग्रोसरी गर्ने पहिलो तला आज सोमबारदेखि २४सै घण्टा खुल्ने भएको हो ।

केहि समयपछि ललितपुरको पाटन र काठमाडौंको टंगालमा रहेको स्टोर पनि क्रमशः खुल्ला हुने भाटभटेनीले जनाएको छ ।

रातैभर ग्रोसरी खुल्ला हुने भएपछि स्टोरमा राति काम गर्ने कर्मचारीलाई थप तलबको व्यवस्था समेत गरिएको छ। उनीहरुले कुल तलबमा २५ प्रतिशत थप पाउने भाटभटेनीका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलले जानकारी दिए ।

रातदिन बजार खुल्दा राजश्व वृद्धि हुने अपेक्षा गरिएको छ । भाटभटेनीसँगै अन्य सुपरमार्केटहरु पनि २४ सैं घण्टा खुल्ने हो भने आर्थिक वृद्धिका लागि राजश्वको योगदान हुनेमा दुविधा छैन ।