कारोबार हुने साताको तेश्रो दिन आज बजार परिसुचक १५.४४ अंकले उकालो

साताको तेस्रो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

आज बुधबार नेप्से परिसूचक १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ३.०२ अंक, फ्लोट इण्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७८ अंकले बढेको छ।

परिसूचकसँगै कारोबार रकममा पनि बढेको छ। मंगलबार २ अर्ब ८९ करोड ८५ लाख १६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज कारोबार रकम सामान्य बढेर २ अर्ब ९३ करोड ६५ लाख ६० हजार रुपैयाँ पुगेको छ।

कुल ३५४ स्टकको ३९ हजार ५३१ पटकको कारोबारमा ७२ लाख ५८ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्। माथिल्लो मैलुङ खोला जलविद्युतको सेयरमूल्य सर्वाधिक १०.२३ प्रतिशतले बढेको छ।

कारोबारमा आएका १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक सामान्य अंकले घटेको छ भने बाँकी ११ उपसमूह बढेको छ।

जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ०.९५ प्रतिशत बढेको छ। कारोबारमा आएको म्युचुअल फण्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन सामान्य अंक घटेको हो।