पेप्सीकोलाको फुटबल ग्राउन्ड नजिकै कटेजमा मध्यराति आगलागी

  • Clock icon
    २०८३ भाद्र १९, शुक्रबार

काठमाडौं महानगरपालिका–३२ को पेप्सीकोलामा आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको कटेजमा आगलागी भएको हो ।

प्रहरी कार्यालय काँडाघारीका अनुसार, राति साढे १२ बजे कटेजमा आगलागी भएको हो । प्रहरीका अनुसार, कटेजमा विद्युत् सर्ट भएर आगलागी भएको हो ।

अहिले दमकल पुगेर आगलागी नियन्त्रणको प्रयास सहित अघि बढेर आगो नियन्त्रणमा आएको प्रहरीको दाबी छ ।

कटेजका सञ्चालक भने प्रहरीको सम्पर्कमा नआएकोले समस्या बढेको हो । दमकलसहित प्रहरीको टोली पुगेर आगो निभाउने काम काम भएको हो । थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।