भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ ।
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको कृष्ण प्रणामी मन्दिरमा पनि भक्तजनकाे चहलपहल बढेकाे छ ।