काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। आइतबार बसेको बैंकको सञ्चालक समिति बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यसअनुसार बैंकका सेयरधनीले कुल १६ प्रतिशत लाभांश पाउनेछन्।
बैंकको हालको चुक्ता पुँजी ५ अर्ब २ करोड रुपैयाँ रहेको छ। प्रस्तावित बोनस सेयर र नगद लाभांश सम्बन्धित नियामक निकायको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिनेछ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षमा १३ प्रतिशत लाभांश वितरण गरेको थियो। गत वर्षको तुलनामा यस वर्ष बैंकले प्रस्ताव गरेको लाभांश ३ प्रतिशतले बढी हो।
लाभांश दर बढेसँगै बैंकका सेयरधनीले अघिल्लो वर्षको तुलनामा यस वर्ष थप लाभ पाउने भएका छन्।
